Skip to content
Prabhu

३३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार

 

काठमाडौं । सरकारले ३३ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो ।

कार्यालयले एक सूचना जारी गर्दै जेठ १६ गते ३३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणा गर्न लागेको जनाएको छ । कार्यालयले ९१ दिनको लागि ५ अर्बको नयाँ र ५ अर्ब नबीकरण गरी १० अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ भने १८२ दिनका लागि ६ अर्बको नयाँ र ५ अर्ब नवीकरण गरि ११ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ ।

त्यस्तै, ३६४ दिनका लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल नवीकरण गर्ने भएको छ । यी ट्रेजरी बिल क्रमशः भदौ ५ गते, मंसिर ११ गते र २०८२ जेठ १४ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको बोलकबोल बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal