Skip to content
Prabhu

सोमबार सबैभन्दा बढी सेयर मूल्य बढेका १० कम्पनी

 

काठमाडौं । सोमबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर बन्द भयो । सोमबारको कारोबार बन्द हुँदा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

कारोबार भएका ३१७ कम्पनीमध्ये १४९ कम्पनीको सेयर मूल्य बढेर कारोबार बन्द भएको छ । आजको कारोबार बन्द हुँदा मुक्तिनाथ कृषि र नेपाल वेयरहाउसिङ कम्पनीको सेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढ्यो । मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशत अर्थात् ८६ रुपैयाँ ८० पैसा बढेर ९ सय ५५ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै अघिल्लो दिनको भन्दा १० प्रतिशत अर्थात ७२ रुपैयाँले बढेको वेयरहाउसिङ कम्पनीको सेयर मूल्य ७ सय ९२ रुपैयाँ पुगेको छ ।

त्यस्तै कालिञ्चोक दर्शन प्रालिको सेयर मूल्य ९.७९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १०० रुपैयाँ ६० पैसाले वृद्धि भएर १ हजार १२८ रुपैयाँ पुगेको छ । त्यस्तै आज पोखरा फाइनान्सको सेयर मूल्य ८.४० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ५५ रुपैयाँले बढेर ७१० रुपैयाँ पुगेको छ ।

त्यसैगरी ग्लोबल आईएमई ब्यालेन्स फण्डको सेयर मूल्य पनि ८.१३ प्रतिशतले बढेको छ । यता नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा ६.०९ प्रतिशतले वृद्धि भएको छ भने ग्लोबल आईएमइ लघुवित्तको सेयर मूल्यमा पनि ६ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै कुमारी सफल योजनाको ५.८६ प्रतिशत, हिमालयन ८०–२० को सेयर मूल्यमा ५.७८ प्रतिशतको र ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य ५.३४ प्रतिशतले बढेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal