Skip to content
Prabhu

किन हुन सकेन धितोपत्र बोर्डको लेखापरीक्षण ?

 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्षको लेखापरीक्षण गर्न नसकेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं लेखापरीक्षण प्रतिवेदनमा बोर्डको लेखापरीक्षण हुन नसकेको हो ।

महालेखाको प्रतिवेदन अनुसार यो वर्ष ५ वटा संगठित संस्था र १ अन्य संस्थाको २१ खर्ब ५९ अर्ब १५ लाखको लेखापरीक्षण भएको छ । संगठित संस्थातर्फ बोर्डको आर्थिक वर्ष २०७९÷०८० को लेखापरीक्षण गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । धितोपत्र बोर्डमा पुस २१ गतेदेखि नेतृत्व विहीन रहेको छ । अध्यक्ष रमेश कुमार हमाल आफ्नो कार्यकाल सकेर पुस १९ गते बोर्डबाट बाहिरिएका थिए । त्यस पछि अध्यक्ष अध्यक्ष खाली रहेको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा भने बोर्डको पनि लेखापरीक्षण भएको थियो । उक्त समयमा बोर्ड अध्यक्ष रमेश कुमार हमाल थिए । २०७९ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदनले सेबोनलाई कार्य सम्पादनको एजेन्डा र कार्य बोझको आधारमा विभिन्न समितिको कार्य छरितो बनाई खर्चमा मित्तव्ययिता ल्याउन सुझाव दिएको थियो ।

उक्त आवमा बोर्डका आय १८ प्रतिशतले घटेर ६८ लाख ३४ हजारमा सिमिति भएको थियो । कर्मचारी खर्च १५० प्रतिशतले बढेको भए पनि सञ्चालन नतिजा अपेक्षा अनुसार भएको थिएन । खर्चमा मित्तव्ययिता ल्याउन सुझाव दिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal