Skip to content
Prabhu

अयोग्य लडाकुलाई पैसा दिइने, पैसा बाँड्ने कार्यक्रमले आकार १९ खर्बभन्दा बढी हुने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अयोग्य लडाकुलाई पैसा बाँड्ने कार्यक्रम ल्याउने भएका छन् ।

संविधान अनुसार जेठ १५ गते बजेट ल्याउने तयारी गरेका अर्थमन्त्री पुनले माओवादीको युद्द लडेका अयोग्य लडाकुलाई जीवन निर्वाह गर्न पैसा बाँड्ने कार्यक्रम ल्याउन लागिएको हो ।

माओवादीले युद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि १९ हजार माओवादीका लडाकु थिए । जसमा ४ हजार लडाकु अयोग्य भएका थिए । माओवादीले अयोग्य भएका लडाकुलाई विगतमा पनि २ लाखको दरले पैसा दिने योजना बनाएको थियो । तर,अदालतको निर्णयले कार्यान्वयन हुन सकेको थिएन ।

बजेटको आकार यस्तै खाले कार्यक्रमले गर्दा १९ खर्ब पुग्ने देखिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार ठूला नेता खासगरी प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’,एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता जिल्लामा बढी कार्यक्रम हुनेछन् । छर्ने कार्यक्रमले गर्दा बजेटको आकार १९ खर्ब पुग्ने देखिएको हो ।

चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्बको बजेट आएको थियो । बजेटको मध्यावधी समीक्षामा तत्कालिन अर्थमन्त्री प्रकाशरण महतले २ खर्ब रुपैयाँ आकार घटाएका थिए । १५ खर्ब ३० अर्ब संसोधित खर्च हुने अनुमान गरिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal