काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
नेकपा एमालेका नेता खगराज अधिकारी सभामुखको मत गनेर पाएको विश्वासको मतलाई सर्वोच्चले अस्वीकार गरेको हो ।
संविधान अनुसार सबैभन्दा ठूलो दलको नेताको हिसाबले पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चले आदेश सुनाएको हो ।
प्रतिक्रिया दिनुहोस्