Skip to content

एनआईसी एसिया बैंकको मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा

nabil bank

काठमाडौं । एनआईसी एसिया बैंकले मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालयका सेवा आफ्नै भवनबाट दिन थालेको छ । पर्सास्थित वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको हो । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज महानगरपालिकामै रहेको वीरगञ्ज शाखा नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन भइरहेको बैंकले जानकारी दिएको छ ।

बैंकले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याएपश्चात् ग्राहकलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ सेवा लिन थप सहज हुने बैंकले विश्वास लिएको छ ।

साथै, उक्त नवनिर्मित भवनमा ग्राहकलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले क्यास डिपोजिट मेसिन, केआईओएसके मेसिन, क्यास रिसाइक्लर मेसिन जस्ता अत्याधुनिक सुविधा सम्पन्न मेसिनहरूबाट डिजिटल बैंकिङ कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ हल समेत सञ्चालनमा ल्याएको जानकारी दिइएको छ ।

बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालय, ६ सय ७० एटीएम, १ सय १८ वटा विस्तारित काउन्टर र ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत सेवा दिँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life