Skip to content

गृहमन्त्रीको घोषणा– रजस्वला हुँदा ४ दिन महिला ट्राफिकलाई बिदा

nabil bank

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले महिलालाई ट्राफिकलाई रजस्वला हुँदा ४ दिन बिदा दिइने बताएका छन् । गणतन्त्र दिवसको अवसर पारेर उपप्रधान तथा गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेख्दै सानो प्रयास भन्दै महिला ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिने बताएका हुन् ।

रजस्वलाको समयमा महिला ट्राफिकलाई बिदा दिँदा उनीहरूको सट्टा ट्राफिक नियम उल्लंघन
गर्नेहरूलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने गृहमन्त्री लामिछानेले जानकारी दिए । ‘गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा डिउटी गर्नुपर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ,’ गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi