Skip to content
Prabhu

१२ वर्षमा वर्षमानतिर फर्केको खोला, पपुलर बजेट ल्याउँदै

काठमाडौं । नेपालीमा उखान छ, ‘१२ वर्षमा खोला फर्कन्छ’। अहिले अर्थमन्त्री वर्षमान पुन यही अवस्थामा छन् ।

१२ वर्ष अगाडि पुनले अर्थमन्त्रीको जिम्मेवारी लिएका थिए । अर्थमन्त्री भएर आफ्नो योजनासहित बजेट ल्याउन नपाउनेमा पुन थिए । त्यो बेला २०६९ सालमा संविधानसभा बिघठन भयो । तत्कालिन राष्ट्रपति रामवरण यादवले त्यो बेलाको सरकारलाई बजेट ल्याउन दिएनन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अर्थमन्त्री बनेका पुन २०७० सालको निर्वाचनमा पराजित भएपछि ४ वर्ष मन्त्री बन्न पाएनन् । २०७४ सालमा निर्वाचन जितेर ऊर्जामन्त्री बनेपनि अर्थमन्त्री बन्न भने उनलाई १२ वर्ष कुर्नु परेको थियो ।

१२ वर्ष अगाडि राजनीतिक दलहरुबीच सहमति नजुटेको कारण पुनले बजेट ल्याउन पाएका थिएनन् । त्यो बेला सरकार माओवादीले नेतृत्व गरेको थियो भने विपक्षीमा कांग्रेस एमाले थिए । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि दोस्रो संविधानसभाको निर्वाचन हुनु अगाडि पपुलर कार्यक्रम ल्याउने योजना माओवादीको थियो । तर,त्यो काममा पुन सफल भएनन् ।

१२ वर्षपछि पुनले पपुलर योजनाका साथ बजेट ल्याउन लागेका छन् । यसको लागि उनले योजना आयोगले शुरुमा दिएको सिलिङलाई काट्ने पक्का छ ।

लडाकुलाई पैसा दिने सहित केही पपुलर योजना तथा विकास निर्माणको नाममा ठूला नेताका जिल्लामा पैसा बाँड्ने कार्यक्रम बजेटमा आउने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal