Skip to content
Prabhu

सुनको मूल्य ४ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले महँगो भएको छ । अघिल्लो दिन ३ सय रुपैयाँले बढेको सुन आज ४ सयले बढेर तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन सुन तोलामा १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८ सय ८० रुपैयाँ रहेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal