Skip to content
Prabhu

निर्जीवन बिमा कम्पनी, १० महिनामा ३२ अर्ब ८७ करोडको व्यवसाय

 

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुको चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ३२ अर्ब भन्दा बढीको व्यवसाय गरेका छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरुले ३२ अर्ब ८७ करोड रुपैयाँको व्यवसाय गरेका हुन् ।

संचालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनाको अवधिसम्ममा २३ लाख ९३ हजार बिमापोलिसी बिक्रि गरेर ३२ अर्ब ८७ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । प्राधिकरणको तथ्यांक अनुसार वैशाख मसान्तसम्म शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ४ अर्ब ५४ करोड रुपैयाँको व्यवसाय गरेको छ । त्यस्तै धेरै बिमा शुल्क आर्जन गर्नेको दोस्रोमा सगरमाथा लुम्बिनी रहेको छ । सगरमाथा लुम्बिनीले १० महिनाको अवधिमा ३ अर्ब ८८ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १८ करोड रुपैयाँ व्यवसाय गरेको छ ।

त्यस्तै यो अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ अर्ब ९३ करोड रुपैयाँको बिमा शुल्क आर्जन गरेका छन् । त्यस्तै आईजीआई प्रोडेन्सियलले २ अर्ब ८८ करोड, युनाइटेड अजोडले २ अर्ब १७ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ३ करोड र सानिमा जीआईसीले १ अर्ब ९४ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेका छन् । त्यस्तै ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ६४ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ३४ करोड, नेपाल इन्स्योरेन्सले १ करोड २५ करोड ८७ लाख र नेशनल इन्स्योरेन्सले ९४ करोड ३९ लाख रुपैयाँ बीमा बिमा शुल्क आर्जन गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal