Skip to content
Prabhu

चारबुँदे सहमति पछि टुंगियो संसदीय छानबिन समितिको टीओआर

 

काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणमा बनाइने संसदीय छानबिन समितिको कार्यादलमा चारबुँदे सहमति भएको छ । मंगलबार दिउँसो कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले कार्यादेशको टुंगो लगाएको हो ।

संसदीय छानबिन समितिमा ७ सदस्यीय रहने जनाइएको छ । जसमा प्रमुख सत्तासाझेदार दल नेकपा (एमाले)का तर्फबाट दुई, नेकपा (माओवादी केन्द्र) र रास्वपाका तर्फबाट एक÷एक सदस्य रहनेछन् ।

प्रतिपक्षी नेपाली कांग्रेसबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट समितिमा एक सदस्य रहने गरी सहमति भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal