Skip to content
Prabhu

कैलाश सिरोहियालाई एयर लिफ्टमार्फत काठमाडौं ल्याइँदै

 

काठमाडौं । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ । जनकपुरको काव्या अस्पतालमा रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि एयर लिफ्ट गरेर काठमाडौैं ल्याउने तयारी गरिएको हो ।

स्वास्थ्यमा समास्या आएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको उनका कानुनी सल्लाहकार किशोर पौडेलले जानकारी दिए । पछिल्लोपटक जिल्ला अदालतले उनलाई सोमबार ३ दिन थुनामा राख्ने अनुमति दिएको थियो ।

उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काव्या अस्पताल लगिएको थियो । उक्त अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं ल्याउन लागिएको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal