Skip to content
Prabhu

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको छ ।

आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षामान पुनले आव २०८१/८२ का लागि प्रस्तुत गरेको बजेटमा उक्त मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

आगामी बजेटमा आधारभूत तथा अत्यावश्यक उपचार सेवालाई सर्वसुलभ र निःशुल्क बनाउने मन्त्री पुनले बताए । उनले आधारभूत अस्पताल निर्माणका लागि १५ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

मन्त्री पुनका अनुसार विभिन्न आठ प्रकारका कडा रोगलाई १ लाख रुपैयाँ बराबरको तीन अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । खोप, प्रजनन र ९८ वटा औषधि निःशुल्क प्रदान गर्न १ अर्ब ४३ करोड रुपैयाँ, आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि तीन अर्ब छ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

क्यान्सर, मेरुदण्ड र पक्षघातलगायत रोगको उपचार, मृर्गौला प्रत्यारोपण र डायलासिस सेवा लिइरहेका बिरामीलाई औषधि उपचार खर्चबापत दिइँदै आइएको मासिक रु पाँच हजार सम्बन्धित व्यक्तिको खातामा नै जम्मा हुने व्यवस्था मिलाएको बजेटमा प्रस्तुत गरिएको छ । यसका लागि २ अर्ब रुपैयाँ विनियोजना गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal