Skip to content
Prabhu

बजेटमा कांग्रेसको टिप्पणीः अर्थमन्त्रीले झुटो बोले, व्यापारीको सेटिङको कर नीति बन्यो

काठमाडौं । नेपाली कांग्रेसले बजेटमा टिप्पणी गर्दै अर्थमन्त्री वर्षमान पुनले झुटो बोलेका बताएका छन् ।

पूर्वअर्थमन्त्री एवम् कांग्रेसका प्रवक्ता प्रकाशरण महतले अर्थमन्त्री पुनले स्याउ,आलु र प्याजको आयातमा लगाएको भ्याट खारेजको निर्णयमा झुटो बोलेको बताए ।

बजेट भाषण सकिएपछि सदन बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै काग्रेस प्रवक्ता महतले बजेटले सुधारका कार्यक्रम रोकिएको बताए।

अर्थमन्त्री महतले आयात हुने स्याउ,आलु र प्याजको आयातमा गतवर्ष भ्याट लगाएका थिए । यसलाई अर्थमन्त्री पुनले खारेज गरेका थिए । पुनले स्वदेशी बस्तुको प्रवद्र्धन हुने भनेर स्याउ,आलु र प्याजको आयातमा लगाएको भ्याट हटाएको भनेका थिए ।

“निश्चित व्यापारीलाई फाइदा पुग्ने गरेर करको नीति बनेको देखियो,”महतले भने,“पुनको नीतिले स्वदेशमा उत्पादन हुने आलु,प्याज र स्याउले प्रतिस्पर्धा गर्न नसक्ने देखियो।”

पुनले बजेट कार्यकर्तालाई बाँड्ने खालको गरेर आएको टिप्पणी गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal