Skip to content
Prabhu

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब बजेट

 

काठमाडौं । सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ र कमला–कन्चपुर ४ लेनमा विस्तार कार्य आगामीवर्ष पूरा गर्ने बताए ।

काकडभिट्टा लौकही, बुटवल गोरसिंगे विस्तारको काम सुरु हुने छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई÷मधेश द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड रुपैयाँ छुट्याइएको छ । मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब ६८ करोड, हुलाकी सडकका लागि ३ अर्ब ३० करोड रुपैयाँ, उत्तर–दक्षिण करिडोरका लागि ४ अर्ब ४३ करोड रुपैयाँ मदनभण्डारी राजमार्गका लागि ३ अर्ब ६० करोड रुपैयाँ विनियोजन भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal