Skip to content
Prabhu

विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क बढ्यो,कति बढ्छ मूल्य ?

काठमाडौं । सरकारले विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क बढाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेटमा विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क बढाएका हुन् ।

५० किलोवाटसम्मको गाडीमा १० प्रतिशत भन्सार शुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ । यस्तै ५० देखि १०० किलोवाटसम्मको गाडीमा १५ प्रतिशत लाग्ने भन्सार शुल्कलाई १५ प्रतिशतबाट २० प्रतिशतसम्म पुर्याइएको छ ।

१ सयदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा २० प्रतिशत रहेको भन्सार दरलाई ३० प्रतिशत बनाइएको छ।

२ सयदेखि ३ सय किलोवाट मोटर क्षमता भएकोमा ४० प्रतिशत रहेको भन्सार दर ६० प्रतिशत बनाइएको छ । ३ सय किलोवटाभन्दा बढीको विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क ६० प्रतिशतबाट ८० प्रतिशत बनाइएको छ ।
पछिल्लो समय विश्व बजारमा ब्याट्रीको मूल्य घट्दो क्रममा रहेको हुँदा१०० किलोवाटसम्मको गाडीमा बढाएको भन्सार शुल्कले ठूलो मात्रामा मूल्य नबढ्ने अनुमान गर्न सकिन्छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal