Skip to content
Prabhu

अर्थमन्त्रीको बजेट भाषण महासंघ अध्यक्ष ढकालद्धारा स्वागत, विस्तृत टिप्पणी करका नीति हेरेपछि गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको सुझाव अनुसार बजेट आएको प्रतिक्रिया दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरण को सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो सोही अनुरूप नयाँ चरण को सुधार र आयोग बन्ने सँगै सुधार बर्ष घोषणा भएको छ ।

महासंघले प्रवर्द्धन गरेको सानो बचत बाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनी लाई प्रवर्द्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाड मा फलफूल खेती को विषय आएको छ, पर्यटनमा वैवाहिक पर्यटन बिकास गर्ने विषय आएका छन् ।

सूचना प्रविधि र कतबचत गउ मा केहि सहुलियत र विस्तारका योजना छन् ।

निजी क्षेत्र प्रवर्द्न जुन महासंघको सधैको माग थियो त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ। यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६५ को आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ । ढकालले विस्तृत प्रतिक्रिया आर्थिक विधेयक अन्तर्गत करका दरहरु हेरेपछि दिने उल्लेख गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal