Skip to content
Prabhu

मध्यमार्गी बजेट आएको रास्वपा सांसद स्वर्णिम वाग्लेको टिप्पणी 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अहिलेको बजेट मध्यमार्गी रूपमा आएको प्रतिक्रिया दिएका छन् । बजेट पछि प्रतिक्रिया दिँदै वाग्लेले यस्तो बताएका हुन् ।
केही मात्रामा महत्त्वाकाङ्क्षी भए पनि कार्यान्वयनमा जान सक्ने अवस्था रहेको उनको भनाइ छ ।
राजस्वमा १२६० अर्ब भनिएको भए पनि त्यसलाई बढाउन सकिने अवस्था रहेको उनको भनाइ छ । विदेशी अनुदान तीन वर्षमा कम भएको भन्दै अहिले तोकिएको विदेशी अनुदान संकलन गर्न समस्या देखिने उनको भनाइ छ ।
‘यो वर्ष पनि जम्मा ३ अर्ब विदेशी अनुदान उठेको अवस्थामा अहिले ५२ अर्ब उठाउने कुरा भनिएको छ । यसमा केही समस्या देखिन्छ,’ उनले भने ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal