Skip to content
Prabhu

राजस्व बढाउन वर्षमान पुनले लगाएको हरित करः पेट्रोल,डिजेल सहित सिमेन्टको मूल्य बढ्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षदेखि हरित कर भनेर पेट्रोलियम पदार्थ तथा कोइलामा कर थपेका छन् ।

आयातमा लाग्ने हुँदा भोलिदेखि नै आयात भएका बस्तुमा यस्तो कर लाग्ने छ ।

अर्थमन्त्री पुनले कोइला,पेट्रोल र डिजेलजस्ता बस्तुमा यस्तो कर लगाएका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल हरित करले गर्दा निर्माण क्षेत्रको लागत बढ्ने बताउँछन् ।

“सरकारले कोइलामा हरित कर लगाएको छ,”अग्रवालले लगानीन्यूजसँग भने,“यसले बढ्ने भनेको निर्माण क्षेत्रको लागत हो।”

सरकारले कोइलामा प्रतिकिलो ०.५० रुपैयाँको दरले हरित कर लगाएको छ । यस्तै पेट्रोल र डिजेलमा १ रुपैयाँले हरित कर लगाएको छ ।

जसले गर्दा पेट्रोलियम पदार्थको मूल्य लिटरमा करिब डेढ रुपैयाँ अहिलेको हिसाबले बढ्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal