Skip to content
Prabhu

आय करको विवरण नबुझाउनेलाई छुट सुविधा, कुन अवस्थामा पाइन्छ छुट ?

काठमाडौं । सरकारले करको दायरामा आउनेहरुका लागि कर, ब्याज र थप दस्तुरमा छुटको व्यवस्था गरेको छ । सरकारले नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको विधेक २०८१ मार्फत कर, ब्याज र थप दस्तुर छुट दिने व्यवस्था ल्याएको हो ।

सरकारले ल्याएको विधेकको दफा २२ मा कुनै व्यक्तिले विगतमा कर लाग्ने आया आर्जन गरेको तर स्थायी लेखा नम्बर नलिएको भए त्यस्तो व्यक्तिले स्थायी लेखा नम्बर लिइ आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/ ८० को बुझाउनु पर्ने आय विवरण र सोमा लाग्ने कर २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाह हुने छ । त्यस्तै आय विवरण र सो बमोजिम लाग्ने कर बुझाएमा सोभन्दा अघिका आय वर्षहरुको आय विवरण र सोमा लाग्ने कर, शुल्क तथा ब्याज बुझाउनु पर्ने छैन ।

त्यस्तै यो विधेयको दफा २३ मा आय विवरण बुझाउन बाँकी करदातालाई छुट दिन सम्बन्धी व्यवस्था गरिएको छ । जस अनुसार स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेका करदाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशत हुने रकम २०८१ साल फागनु मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी ब्याज मिनाहा हुने व्यवस्था गरिएको छ ।

त्यस्तै दफा २४ मा मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदातालाई छुट दिने व्यवस्था गरिएको छ । जस अनुसार २०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशत हुने रकम बुझाएमा सोमा लाग्ने जरिवाना र थप दस्तु तथा बाँकी ब्याज मिनाह हुनेछ ।

विधेयकको दफा २५ मा अन्तराष्ट्रिय हवाई यातायात सेवा प्रदायकलाई मूल्य अभिवृद्धि कर छुट सम्बन्धी व्यवस्था गरिएको छ । जस अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वा नभएका अन्तराष्ट्रिय हवाई यातायात सेवा प्रदायक व्यक्तिले २०८० साललको जेठ १५ गतेदेखि असोज मसान्तसम्मको अवधिमा हवाई यातायात सेवामा संकलन गर्नु पर्ने मूल्य अभिवृद्धि कर संकलन नगरेको वा  त्यस्तो मूल्य अभिवृद्धि कर, जरिवाना, थप  ब्याज मिनाह हुने छ । त्यस्तै नेपालबाट उडान नगर्ने अन्तराष्ट्रिय अवाई यातायात सेवा प्रदायक (अफलाईन एअरलाईन्स) ले २०८० सालको जेठ १५ गतेदेखि संकलन गरेको मूल्य अभिवृद्धि कर २०८१ साल असार मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भइ बुझाएमा सोमा लाग्ने ब्याज, जरिवाना, थप दस्तुर मिनाह हुने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal