Skip to content
Prabhu

अर्थमन्त्री पुनको कर नीतिमा संस्थागत रूपमै विरोधमा उत्रिने भए बिलेट उत्पादक

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत गरेको बजेटले बिलेट उत्पादन गर्ने उद्योग धराशायी हुने देखिएको छ । बजेटमार्फत ल्याइएको कर नीतिमा बिलेट बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थको भन्सार वृद्धि गरिएको र बिलेट आयातमा लाग्ने कर घटाएका कारण बिलेड उत्पानद गर्ने उद्योग धराशायी बन्ने अवस्था आएको हो ।

सरकारले ल्याएको नीतिका कारण ३० अर्ब रुपैयाँभन्दा बढीको लगानी भएको उद्योग नै धराशायी बन्ने अवस्था आएको उद्योगीहरुको भनाइ छ । यस विषयमा जानकारी दिनका लागि बुधबार नेपाल फलामे छड उत्पादक संघले पत्रकार सम्मेलन नै आयोजना गरेको छ ।

अर्थमन्त्री पुनले स्पन्च आइरन आयात गरेर बिलेट बनाउने उद्योगलाई निरुत्साहन गर्ने नीति दिएको देखिन्छ । अर्थमन्त्री पुनले नेपालमा औद्योगिक विकासको लागि एक तह मुनी हुने बस्तु उत्पादनमा प्रवद्र्धन गर्ने नीति लिएको बताएपनि बिलेट उत्पादन गर्ने उद्योगमा भने त्यसको उल्टो नीति लिएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal