Skip to content
Prabhu

अपर लोहोरे खोला हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट

 

काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबारको कारोबार भइरहँदा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेको हो ।

दिउँसो १ बजेको कारोबार भइरहदा कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात ३३ रुपैयाँले बढेर ३६३ रुपैयाँ पुगेको छ । यो सँगै अहिलेसम्मको कारोबार अवधिमा सकारात्मक सर्किट लाग्ने कम्पनी ३ पुगेका छन् । बजेट पछिको पहिलो कारोबारको पहिलो १० मिनेट भित्रै कालिञ्चोक दर्शन प्रालि र युनिलिभर नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

कालिञ्चोेक दर्शन प्रालिको सेयर मूल्य १० प्रतिशत अर्थात ११२ रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ पुगेको छ । त्यस्तै युनिलिभर नेपालको सेयर मूल्य १० प्रतिशत अर्थात् ३ हजार ९३५ रुपैयाँले बढेर ४३ हजार २८६ रुपैयाँ पुगेको छ ।

दिउँसो १ बजेसम्मको कारोबार भइरहदाँ सेयर बजार परिसूचक ५ दशमलव ४९ अंकले बढेर २११८ दशमलव ७४ विन्दुमा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal