काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको बताएका छन् । बजेट सार्वजनिक पछिको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
‘सामान्य रुपमा हेरिए पनि बजेटको झोला आफ्नै उत्पादनको प्रयोग गरिएको छ । यो सामान्य प्रयास हो,’ अर्थमन्त्री पुनले भने । त्यस्तै फर्निचर पनि सबै स्वदेशी उत्पादन प्रयोग गर्न आफूहरु तयार रहेको उनले बताए । यसबाट आन्तरिक उत्पादनका लागि सहयोग पुग्ने उनको बादी छ ।
प्रतिक्रिया दिनुहोस्