काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लामो छलफलपछि स्पञ्ज आइरनमा कर हेर फेर गरेको बताएका छन् । बजेट सार्वजनिक पछिको पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले स्पञ्ज आइरनको करको दर परिवर्तन गरिएको बताएका हुन् ।
‘विगतमा बिचलन आएको र अर्को बिचलन नहोस् भनेर, अर्थमन्त्री, अर्थसचिव र राजश्व सचिव बसेर कसैको अनुहार नहेरी करको दर हेरफेर गरिएको हो,’ अर्थमन्त्री पुनले भने । मन्त्री पुनले स्क्र्याप १ प्रतिशत, स्पन्ज आइरन २.५ प्रतिशत र बिलेट ५ प्रतिशत लगाइएको बताए । मन्त्री पुनले कच्चा पदार्थ र तयारी बस्तुहरुको भन्सारमा एक तहको सीमा राखिएको बताए । मन्त्री पुनले आइरनको करको दर संशोधन पश्चात सबै उद्योगहरु सुचारु भएर चल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्