Skip to content
Prabhu

मापसे गरी सवारी चलाए सडकमा १ घन्टा स्वयंसेवक

 

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले स्वय‌सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाउन थालेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे (मादक पदार्थ सेवन) लगायत ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको छ । गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री रवि लामिछानेले सो घोषणा गरेका थिए ।

तर, उनीहरूको काम सडक छेउमा घाममा उभिनुबाहेक केही छैन । विभिन्न चोकमा यसरी खटाइएको भए पनि उनीहरूले न त ट्राफिक प्रहरीलाई सघाएका देखिन्थे न उनीहरूले गर्दा सवारी आवागमनमा कुनै सहजता नै भइरहेको थियो ।

‘बग्गीखानामा क्लास लिएपछि हामीलाई सडक छेउमा लगियो । एक घण्टाभन्दा बढी घाममा उभिइयो, गाडी आएको, गएको हेर्नेबाहेक केही पनि काम भएन । अफिस जान पनि ढिला भयो,’ स्वयंसेवकका रुपमा खटाइएका एक चालकले भने ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal