Skip to content
Prabhu

सेयर बजारमा एक प्रतिशतभन्दा बढीको गिरावट, कुन उपसमूह घट्यो कुनको बढ्यो ?

 

काठमाडौं । बुधबार सेयर बजार परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । अघिल्लो कारोबार (सोमबार) भन्दा नेप्से १.१२ प्रतिशतले घटेको हो ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको पहिलो कारोबार दिन नेप्सेमा भारी मात्रामा गिरावट आएको छ । यो अघिल्लो कारोबारभन्दा २३ दशमलव ८१ अंकले कम हो । कारोबार सुरु भएको १० मिनेटमा नै १५ अंकले बढेको सेयर बजार त्यसपछि निरन्तर उतारचडाबका बिचमा अन्तिममा १ प्रतिशतभन्दा बढीले घटे बन्द भएको हो ।

बुधबार कारोबार भएका अधिकांश उपसमूहको सेयर मूल्य घटेका कारण समग्र बजार आरोलो लागेको हो । आज १३ उपसमूहमध्ये ८ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै ४ वटा उपसमूहको सेयर मूल्य बढेको छ । भने १ उपसमूहको सेयर मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै बैंकिङ उपसमूहको उपसूचक २.९४ प्रतिशतले घटेको छ । बैंकिङ उपसमूह ३४ दशमलव ५३ अंकले घटेर ११३८ दशमलव ९२ विन्दुमा पुगेको छ । त्यस्तै विकास बैंक उपसमूह पनि आज १.११ प्रतिशत अर्थात् ४६ दशमलव ३७ अंकले घटेर ४०९४ दशमलव ९१ विन्दुमा पुगेको छ ।

आज सबैभन्दा कम हाइड्रोपावर उपसमूह ०.११ प्रतिशतले घटेको छ । हाइड्रापावरको उपसमूह २ दशमलव ८३ अंकले घटेर २४७३ दशमलव ३२ विन्दुमा पुगेको छ । त्यस्तै लगानी उपसमूह ०.८३ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बिमा उपसमूह १.३० प्रतिशतले घटेको छ । लघुवित्त उपसमूह १.७१ प्रतिशतले घटेको छ भने निर्जीवन बिमा उपसमूह पनि ०.९६ प्रतिशतले घटेको छ । त्यस्तै अन्य उपसमूहको सेयर मूल्य पनि ०.७० प्रतिशतले घटेको छ ।

त्यस्तै आज फाइनान्स, होटल एण्ड टुरीजम र निर्माण र प्रसोधन उपसमूहको सेयर मूल्य बढेको छ । फाइनान्स उपसमूहको सेयरमा ०.१४ प्रतिशत, होटल एण्ड टुरीजम उपसमूह १.१३ प्रतिशत र निर्माण तथा प्रसोधन उपसमूहको २.६२ प्रतिशतले बढेको छ । आज म्युच्युल फण्ड उपसमूहको सेयर मूल्यमा कुनै घटबढ भएन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal