Skip to content
Prabhu

सुनको मूल्य २३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ हजार ३०० रुपैयाँले महँगो भएको हो ।

बिहीबार सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुनको मूल्य ६०० रुपैयाँले महंगो भएको थियो । बुधबार सुन तोलामा १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइहरेको छ । यो अघिल्लो दिनको भन्दा ३० रुपैयाँले सस्तो हो । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal