Skip to content
Prabhu

संयमित बजेट कार्यान्वयनमा चुनौतीः चेम्बर अध्यक्ष अग्रवाल

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट संयमित आएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा  बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।

बजेटमा कृषि, पर्यटन लगायतका कार्यक्रम आएको भन्दै यसले अर्थतन्त्र चलायमान बनाउनमा सहयोग गर्ने उनको भनाइ थियो । राम्रा कार्यक्रमहरु हुँदा हुदै पनि यसको कार्यान्वयनमा चुनौती रहेको उनले बताए । ‘बजेटमा समावेश भएका कार्यक्रमहरु कार्यान्वयन गर्न सकियो भने अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्छ,’ उनले भने ।

यस्तै, उनले आन्तरिक राजस्वमा भने समस्या भएको बताए । भूतप्रभावी करको दायित्वको दवाव परिरहेकाले यसतर्फ ध्यान दिनुपर्नेमा उनका जोड थियो । त्यस्ता नीतिले व्यवसायी आतंकित भइरहेको अवस्थामा अर्थतन्त्र सुध्रन नसक्ने उनको भनाइ छ ।

त्यस्तै आन्तरिक ऋण धेरै उठाउँदा बजारमा तरलता अभावको जोखिम बढ्ने पनि उनले बताए । अध्यक्ष अग्रवालले अनुत्पादक क्षेत्रमा रहेको बजेट कटौती गरेर उत्पादन क्षेत्रमा बजेट विनियोजन गर्ने अभ्यास गर्नुपर्ने पनि बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal