Skip to content
Prabhu

युनिलिभर नेपाल र अपर लोहोरे खोला हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट

 

काठमाडौं । युनिलिभर नेपाल र अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको सेयर मूल्यमा बुधबार पनि सकारात्मक सर्किट लागेको थियो ।

बिहीबार पौने १ बजेसम्मको कारोबार अवधिमा युनिलिभर नेपाल र अपर लोहोरे खोलाको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । यो अवस्थामा युनिलिभरको सेयर मूल्य अघिल्लो दिनको भन्दा ४ हजार ३२८ रुपैयाँले बढेर ४७ हजार ६१४ रुपैयाँ पुगेको छ । त्यस्तै अपर लोहोरे खोलाको सेयर मूल्य ३६ रुपैयाँले बढेर ३ सय ९९ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal