Skip to content
Prabhu

हिमालयन बैंकको १५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक सेयरधनी अशोक अग्रवालको नाममा रहेको ३१ हजार ६ सय १५ कित्ता, सुखबहादुर गुरुङको नाममा रहेको १३ हजार ९ सय २२ कित्ता, राजेन्द्र भक्त श्रेष्ठको नाममा रहेको १६ हजार ८ सय १३ कित्ता, हरिहर प्रसाद लामिछानेको नाममा रहेको १६ हजार १ सय ६ कित्ता, जितकुमार श्रेष्ठको नाममा रहेको २० हजार ४ सय ८१ कित्ता, काशीराम ढकालको नाममा रहेको ९ सय ४ कित्ता र प्रभा गोेयन्का भीमसरीयाको नाममा रहेको १४ लाख ५१ हजार १ सय ८४ कित्ता गरी जम्मा १५ लाख ५१ हजार २५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु भएकाले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलादीमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर खरिद बिक्रीको प्रक्रिया अगाडि बढाउँने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal