काठमाडौं । बिहीबार सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो साताको अन्तिम कारोबार दिन बिहीबार ३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार बन्द भएको हो ।
सेयर बजार १९ अंकभन्दा बढीले आरोलो लागे पनि आज भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर लोहोरे खोला हाइड्रोपावर लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यी कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढेको हो ।
आज भगवती आइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ७५ रुपैयाँ ९० पैसाले बढेर ८३५ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबारको भन्दा १० प्रतिशत हो । त्यस्तै नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज ५० रुपैयाँ ६० पैसाले बढेर ५५६ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ३६ रुपैयाँ ३० पैसाले बढेर ३९९ रुपैयाँ ३० पैसा पुगेर बन्द भएको छ ।
केही समय युनिलिभर नेपालको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो । सकारात्मक सर्किट पछि खुलेको युनिलिभरको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले बढेको छ । अघिल्लो दिन १० प्रतिशतले बढेको युनिलिभरको सेयर मूल्य आज ९.५० प्रतिशतले बढेर बन्द भएको छ । यो कम्पनीको सेयर मूल्य ४ हजार ११३ रुपैयाँ ९० पैसाले बढेर ४७ हजार ४०० रुपैयाँ पुगेको छ ।
त्यस्तै आज मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ३१ रुपैयाँ ४० पैसाले बढेर ३४६ रुपैयाँमा कारोबार बन्द भएको छ ।
त्यस्तै आज ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्य ६.९० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ३० रुपैयाँले आजको कारोबार बन्द हुँदा ४६५ रुपैयाँ पुगेको छ । सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि ६.०४ प्रतिशत अर्थात् ३१ रुपैयाँ ९० पैसाले बढेर ५५९ रुपैयाँ ९० पैसामा कारोबार बन्द भएको छ । यता अपर स्याङगे हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि अघिल्लो दिनको तुलनामा ५.३५ प्रतिशत अर्थात् २६ रुपैयाँले बढेर ५१२ रुपैयाँमा कारोबार बन्द भएको छ ।
त्यस्तै सेयर मूल्य बढ्ने कम्पनीमा नेपाल हाइड्रो लेभलपमेन्ट लिमिटेड र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड रहेका छन् । आज नेपाल हाइड्रो डेभलपमेन्टको सेयर मूल्य ५.०२ प्रतिशत अर्थात् २३ रुपैयाँ ९० पैसा बढेर ५०० रुपैयाँ पुगेर कारोबार बन्द भएको छ । मैलुङ खोला जलविद्युतको सेयर मूल्य पनि ४.११ प्रतिशत अर्थात् १९ रुपैयाँ ५० पैसाले बढेर ४९४ रुपैयाँ ५० पैसामा कारोबार बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस्