Skip to content
Prabhu

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओे र शाखा अधिकृतलाई पक्राउ पुँजी जारी

 

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको आधारमा नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृतका विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन सिडियो शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सिरोहियाले वि.सं. २०५७–०६–२९ मा नागरिकताको प्रतिलिपी लिँदा शरदकुमार भट्टराई धनुषाका प्रमुख जिल्ला अधिकारी थिए भने दाहाल शाखा अधिकृत रहेको बुझिएको छ । विदेशी बाबु–आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया) का सन्तानहरू गोपालप्रसाद सिरोहिया, गोविन्दप्रसाद सिरोहिया र पुनमकुमारी सिरोहियाको नागरिकता अङ्गीकृत नेपाली भएको र नाम प्रस्ट नभएको कैलाश प्रसाद सिरोहियालाई वंशजको आधारमा कसरी नागरिकता दिइयो भन्ने आरोपमा दुबै जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal