Skip to content
Prabhu

बिहीबार सेयर बजारमा धेरै घटेका १० कम्पनी

 

काठमाडौं । बिहीबार पनि सेयर बजार परिसूचक १९ अंकभन्दा बढीले घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा अधिकाशं कम्पनीको सेयर मूल्य घटेको छ । जसको प्रभाव समग्र बजारमा परेको छ ।

बिहीबारको कारोबार बन्द हुँदा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बिहीबार पोरखा फाइनान्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ । यो कम्पनीको सेयर मूल्य ७६ रुपैयाँ ८० पैसाले घटेर ६९१ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो ।

१७३ कम्पनीको सेयर मूल्य घटेको दिन धेरै घट्ने शिर्ष १० भित्र परेको अर्को कम्पनी हो कालिञ्चोक दर्शन लिमिटेड । यो कम्पनीको सेयर मूल्यमा ७.०८ प्रतिशत अर्थात् ८७ रुपैयाँ ८० पैसाले घटेर १ हजार १५३ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै बिहिबारको कारोबार बन्द हँुदा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा पनि ६.७४ प्रतिशत अर्थात् ३९ रुपैयाँले घटेर ५४० रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको सेयर मूल्य अघिल्लो दिनको भन्दा ५.९६ प्रतिशत अर्थात् ५० रुपैयाँ १० पैसाले बढेर ७८९ रुपैयाँ ९० पैसामा कारोबार बन्द भएको छ । कालिका लघुवित्त बित्तीय संस्था लिका सेयर मूल्य पनि ५.८२ प्रतिशत अर्थात् ६१ रुपैयाँले घटेर ९८८ रुपैयाँमा कारोबार बन्द भएको छ ।

उन्नति सहकारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ११३ रुपैयाँ ७० पैसाले घटेर १ हजार ९३६ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.५५ प्रतिशतले कम हो । यता सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि ५९ रुपैयाँ १० पैसाले घटेर १ हजार ११५ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.०३ प्रतिशतले कम हो ।

त्यस्तै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य ४८ रुपैयाँ ६० पैसाले घटेर ९६२ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.८१ प्रतिशतले कम हो । यता एनआइबिएल ग्रोथ फण्डको सेयर मूल्यमा पनि ०.३९ रुपैयाँले गिरावट आएको छ । बिहीबारको कारोबार बन्द हुँदा यो फण्डको सेयर मूल्य ८ रुपैयाँ ११ पैसामा कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ४.५९ प्रतिशतले कम हो । त्यस्तै गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा ५० रुपैयाँको गिरावट आएर १ हजार १८० रुपैयाँ पुगेर कारोबार बन्द भएको छ । यो अघिल्लो दिनको भन्दा ४.०७ प्रतिशतले कम हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal