Skip to content
Prabhu

सन्दीप लामिछानेलाई दिएन अमेरिकाले भिसा, विश्वकप खेल्न नपाउने

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

लामिछानेले यसअघि भिसाको लागि गरेको आवेदन अस्वीकार गरेपछि पुनः आवेदन दिएका थिए । जसको लागि अन्तर्वार्ताको मिति बिहीबारको लागि तोकिएको थियो । बिहीबार भिसा नदिएपछि उनी विश्वकप खेल्न नपाउने भएका छन् ।

लामिछानेलाई भिसा नदिएपछि उनका समर्थकले नेपाल स्थित अमेरिकी दूतावासका पेजहरुमा सामाजिक सञ्जालमा भिसा दिन दवाव अभियान सञ्चालन गरेका थिए ।

बुधबार राप्रपाका सांसद् ज्ञानेन्द्र शाहीको नेतृत्वमा भिसा दिन माग गर्दै जुलुस समेत निस्केको थियो । लामिछानेलाई बलत्कारको आरोप लागेको छ। जिल्ला अदालतले दोषी ठहर गरेपनि उनलाई उच्च अदालतले सफाइ दिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal