Skip to content

पहिलो पटक आयोजना भएको आलु शिखर सम्मेलन

nabil bank

काठमाडौं । नेपालमा पनि पहिलो पल्ट आलु शिखर सम्मेलन २०२४ को आयोजना भएको छ ।

नेपाल–भारत उद्योग वाणिज्य संघ, बिश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) तथा नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको संयुक्त आयोजनामा उक्त आलु शिखर सम्मेलनको आयोजना गरेको हो ।

आलुसँग प्रत्यक्ष जोडिएका कृषक,उद्योगी, ब्यापारी लगायत सम्पूर्ण सरोकारवालाहरुको बिचार, अनुसन्धान र ज्ञानको आदान–प्रदान गर्ने तथा समग्र रुपमा नेपालको कृषि क्षेत्रकै उत्थानको प्रमुख उद्देश्यका साथ उक्त शिखर सम्मेलनको आयोजना गरिएको हो ।

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाले आलु एक कृषि उपजकै रुपमा तथा आम मानिसकै लागी पनि अति आवश्यकीय एवं महत्वपूर्ण उपजको रुपमा रहेको बताइन् ।

उनले विगतको तुलनामा बर्तमान समयमा यसको कृषिको प्रणाली, शीप, प्रबिधि लगायत बिबिध पक्षको विकासले बृद्धि भईरहेको भएता पनि कृषिमा छिमेकी मूलुकहरुमा भईरहेको बिकास र बृद्धिको दाजोमा धेरै सिक्न र गर्न बाँकी नै रहेकोले आजको यो शिखर सम्मेलनको बिभिन्न प्यानल डिस्कशनमा छलफल भएर आउने सुझावहरुले आगामी दिनको लागी हाम्रो अर्थतन्त्रको उत्थानको लागी एउटा नयाँ दिशा दिन सहयोगी बन्ने बिश्वास गरिन् ।

नेपालको जलबायु, हावापानी, भौगोलिक बनौट आदिको हिसाब बाट पनि कृषि अत्यन्त महत्वपूर्ण क्षेत्र रहेको तथा नेपालको अर्थतन्त्र मुख्यतया कृषिमा नै आधारित रहेको कारण आलु नेपालको परिप्रेक्ष्यमा उपयुक्त उपजको रुपमा रहेको र यो उपजको आत्मनिर्भरताले पनि हाम्रो अर्थतन्त्रलाई ठूलो टेवा पुयाएन सघाउने बिश्वास ब्यक्त गरिन् ।

कृषि तथा पशुपन्छी बिकास मन्त्री श्रीमती ज्वाला कुमारी साहले आपूm मन्त्रीको रुपमा पहिलो पल्ट शपथ लिंदा नै यो दशकलाई कृषि लगानीको दशकको रुपमा लिने संकल्प लिएको स्मरण गर्दै यो आलुको शिखर सम्मेलन हुनु एक प्रकारले सुखद रहेको बिचार ब्यक्त गरिन् ।

भारतमा सन् १९३५मा आलुलाई एक सम्भावना बोकेको कृषि उपजको रुपमा प्राथमिकतामा राखेर एउटा आलुकै सम्बन्धि अनुसन्धान गर्ने संस्थाको शुरुवात भएको र अहिले सम्ममा ३७५ प्रजातिका आलुको बिउ तथा प्रजाति बिकसित भएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime