Skip to content
Prabhu

हिमालयन सेक्युरिटिज लिमिटेडले साधारणसभा असार ७ गते

 

काठमाडौं । हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्नो साधारणसभा यही असार ७ गतेका लागि बोलाएको छ । कम्पनीको १६ जेठमा बसेको सञ्चालक समितिको बैठकले असार ७ गतेका लागि साधारणसभाको मिति तोकेको हो ।

सभामा आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने लगायतका एजेन्डा छन् । साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात र मिति २०७९ श्रावण १ देखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँट हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथी छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सभामा आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ । साथै, नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा थपघट परिवर्तन गर्नु परेमा सो गर्न गराउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेलगायत विविध विषयमा छलफल गर्ने सभाको एजेण्डा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal