Skip to content
Prabhu

आगामी आर्थिक वर्षदेखि बिमा क्षेत्र पूर्ण रुपमा डिजिटल हुन्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद लिवालले आगामी आर्थिक वर्षदेखि बिमा क्षेत्र डिजिटल हुने बताएका छन् । शुक्रबार सिफ्ट पिक्सेलले आयोजना गरेको ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले आगामी आर्थिक वर्षदेखि बिमा क्षेत्रलाइ पूर्ण रुपमा डिजिटल बनाइने बताएका हुन् ।

उनले आफूहरुको उद्देश्यअनुसार नै बिमा क्षेत्रलाई पेपरलेस मोेडेलमा अघि बढाउन लागिएको जानकारी दिए । यसका लागि अहिले अन्तिम तयारीमा प्राधिकरण जुटिरहेको उनको भनाइ छ । ‘हामी आगामी साउन १ गतेबाट पूर्ण रुपमा डिजिटलाइज्ड रुपमा अघि बढ्ने रणनीतिमा अघि बढिरहेका छौं । यसको तयारी अहिले अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।

अध्यक्ष सिलवालले विगत लामो समयदेखि नेपाल बिमा प्राधिकरणले तथ्यांक प्रणालीलाई मजबुद र विश्वस्नीय बनाउन विभिन्न कार्य योजनाहरु तयार गर्दै आएको पनि बताए । आगामी दिनमा बजारको माग अनुसार र बिमितहरुलाई सहज हुने किसिमले आफूहरुले प्रोडक्ट ल्याउँने उनको भनाइ थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal