Skip to content
Prabhu

पश्चिम नवलपरासीमा हुरीबतासले विद्युत् अवरुद्ध

नवलपरासी । बिहीबारको हुरीबतासका कारण पश्चिम नवलपरासीका केही स्थानमा पूर्णरुपमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

हुरीले विद्युत्का अधिकांश तारपोलमा क्षति पुगेको छ । जिल्लाका दुई विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी बर्दघाट वितरण केन्द्रमा क्षति भएको छ । उक्त वितरण केन्द्रअन्तर्गतका सरावल गाउँपालिका–२ को विद्युत् ट्रान्सफर्मर पूर्णरुपले क्षति भएको छ । जम्मा १३ वटा ट्रान्सफर्मरमा क्षति भएको परासी विद्युत् वितरण केन्द्रका इन्जिनियर रमाशंकर शाहले बताए ।

जिल्लाका अधिकांश क्षेत्रमा बिहीबार रातिदेखि विद्युत् सेवा अवरुद्ध रहेको उनले जानकारी दिए । सबै ट्रान्सरफर्मर मर्मत गरी विद्युत् पुनः सञ्चालन गर्ने तयारी गरे पनि सञ्चालनमा चुनौती देखिएको उनको भनाइ छ । हुरीका कारण जिल्लाभरि एक सय बढी पोलहरु ढलेको इन्जिनियर शाहले जानकारी दिए । उनका अनुसार हुरीका कारण विद्युत्को तार, पोल, एल्टी र ट्रान्सफर्मरलगायतका सामान गरी करिब ९० लाख बराबरको क्षति भएको छ । जिल्लाको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका, सरावल र प्रतापपुर गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal