Skip to content
Prabhu

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले शनिबारदेखि लागू हुने गरेर पेट्रोलमा प्रतिलिटर ३ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँले मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६८ र डिजेलको १५३ पर्ने छ । सरकारले बजेट मार्फत पेट्रोल र डिजेलमा प्रतिलिटर १ रुपैयाँको दरले हरित कर समेत यसमा समायोजन गरिएको निगमले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal