Skip to content

श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’– मन्त्री अर्याल

nabil bank
उद्घाटन सत्रमा सहभागी हुँदै मन्त्री अर्याल जनकपुर, १९ जेठ ः श्रमाधान रोजगार मेला—२०८१ जनकपुरधाममा दुई दिन चल्ने मेलाको उद्घाटन सत्रमा सहभागी हुँदै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुंगेलीलगायत। तस्बिर ः चन्दन ठाकुररासस

धनुषा । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारूपमा सुरु गरिएको बताए ।

जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा मेलाको आज शभारम्भ गर्दै उनले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गरे । उनले भने, ‘श्रमिकका धेरै समस्या आउँछन् । एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो । सुझाव सङ्कलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न यसले सहयोग पुर्याउँछ ।’ सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi