Skip to content
Prabhu

बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको नेकपा (एमाले) संसदीय दलको बैठकमा उनले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्छ भने । ‘बजेटलाई हामी पूर्णरूपेण समर्थन गर्दै त्यसलाई पारित गर्ने छौं । यसको अर्थ बजेटका कमीकमजोरी नऔँल्याउने भन्ने होइन,’ उनको भनाइ उद्धृत गर्दै दलका एकजना सदस्यले भने ।

अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा प्रस्तावित आयोजना बजेटमा समावेश भएनभएको निर्क्यौल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव दिए । उनले सरकारमा सहभागी दलसँग परामर्श गरेर सदनमा बजेट पेस भएको बताए ।

बैठकमा पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गरेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal