काठमाडौं । सेयर बजारमा आइतबार युनिलिभर नेपालको सेयर मूल्यमा भारी गिरावट आएको छ । अघिल्ला दुई कारोबार सर्किट ब्रेक लागेको कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतभन्दा बढीको गिरावट आएको हो ।
आइतबार दिउँसो पौने १ बजेको समयसम्म कम्पनीको सेयर मूल्यमा ६.०८ प्रतिशतले घटेको हो । १६ गते बुधबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको थियो । त्यो दिन कम्पनीको सेयर मूल्यमा ३ हजार ९३५ रुपैयाँले वृद्धि भएको थियो । त्यस्तै १७ गते बिहीबार पनि कम्पनीको सेयर मूल्यमा ९.५० प्रतिशतले बढेको थियो । त्यो दिन कम्पनीको सेयर मूल्यमा ४ हजार ११३ रुपैयाँले वृद्धि भएको थियो । आइतबारको कारोबार भइरहँदा युनिलिभरको सेयर मूल्यमा २ हजार ८८० रुपैयाँले गिरावट आएर ४४ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्