Skip to content
Prabhu

संघीय सरकारले राष्ट्रिय गौरवका योजनामा ध्यान दिनुपर्छः पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पालिका स्तरका योजनाभन्दा पनि राष्ट्रिय गौरबका आयोजनामा केन्द्रित हुनुुपर्ने बताएका छन् । आइतबार बजेटमाथिको छलफलमा सहभागी हुँदै पौडेलले बजेट सकारात्मक आएको भए पनि पालिका स्तरमा भन्दा पनि राष्ट्रिय गौरबका आयोजनालाई केन्द्रमा राखेर अघि बढ्नु पर्ने बताएका हुन् ।

संघीय सरकारले राष्ट्रिय गौरवका योजनालाई अघि बढाउने हो । पालिका स्तरका साना योजना भन्दा ठूला आयोजनामा ध्यान दिनु पर्छ,’ उनले भने । बजेट निकै सकारात्मक रहेको उनको दाबी थियो । कृषि दशक घोषणा कार्यक्रक निकै महत्वपूर्ण रहको उनको भनाइ थियो ।

कृषि प्रधान देशका लागि यो निकै सकारात्मक कार्यक्रम हुने उनको जिकिर थियो । बजेटले सबै क्षेत्रलाई सकारात्मक रुपमा अघि बढाउनमा सहयोग पु¥याउने उनको दाबी थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal