Skip to content
Prabhu

आइतबार सेयर बजारमा धेरै गिरावट आउने यी हुन १० कम्पनी

काठमाडौं । सेयर बजार कारोबार हुने साताको पहिलो दिन सेयर बजारमा दोहोरो सुधार भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भए पछि लगातार घटिरहेको सेयर बजार परिसूचक आइतबार १३ दशमलव ५१ अंबले बढेको हो ।

दोहोरो अंकले बजार बढ्दा ६१ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबारको सेयर बजारमा नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । बैंकको सेयर मूल्य ९.१३ अंकले घटेको छ । आइतबारको कारोबार बन्द हुदा बैंकको सेयर मूल्य ५८ रुपैयाँले घटेर ५ सय ७७ रुपैयाँ पुगेको छ । त्यस्तै आइतबार युनिलिभर नेपालको सेयर मूल्यमा पनि ७.८८ प्रतिशतले घटेको छ । अघिल्ला कारोबार दिनमा सकारात्मक सर्किट लागेको यो कम्पनीको सेयर मूल्य ३ हजार ७ सय ३७ रुपैयाँले घटेर ४३ हजार ६ सय ६३ रुपैयाँमा कारोबार बन्द भएको छ ।

यता पोखरा फाइनान्सको सेयर मूल्यमा पनि ५.२४ प्रतिशतले गिरावट आएको छ । अघिल्लो कारोबार दिन भन्दा कम्पनीको सेयर मूल्य ३६ रुपैयाँ २० पैसाले घटेर ६५५ रुपैयाँमा पुगेर कारोबार बन्द भएको छ । लक्ष्मी भोलुम फण्डको सेयर मूल्य पनि ३.७४ अर्थात् ०.३२ रुपैयाँले घटेर ८ रुपैयाँ २४ पैसामा कारोबार बन्द भएको छ ।

आइतबार सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि ३.७३ प्रतिशत अर्थात् २० रुपैयाँ ९० पैसाले घटेर ५ सय ३९ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै बोटल्स नेपाल बालाजुको सेयर मूल्य ३.४१ प्रतिशत अर्थात ५ सय ५८ रुपैयाँ ९० पैसाले घटेर १५ हनार ८ सय ४० रुपैयाँ १० पैसा पुगेको छ । प्रभु बैंक डिबेन्चर २०८४ को सेयर मूल्यमा पनि ३.०५ प्रतिशतको गिरावट आएको छ । यसको सेयर मूल्य ३३ रुपैयाँले घटेर १ हजार ५० रुपैयाँ पुगेको छ ।

आरबिबि म्युच्युल फण्ड १ को सेयर मूल्य २.४४ प्रतिशत अर्थात् ०.२० रुपैयाँले घटेर ८ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै हिमालयन ८०–२० सेयर मूल्य २.३९ प्रतिशत अर्थात ०.२२ रुपैयाँले घटेर ८ रुपैयाँ ९७ पैसामा कारोबार बन्द भएको छ । त्यस्तै ओरिएन्टल होटल्स लिमिटेडको सेयर मूल्य २.२१ प्रतिशत अर्थात् १७ रुपैयाँले घटेर ७५३ रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal