Skip to content
Prabhu

बजेट स्वागतयोग्य छ, कार्यान्वयनमा ध्यान दिनु पर्छ : नेपाल उद्योग परिसंघ अध्यक्ष अग्रवाल

nabil

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बजेट सन्तुलित आएको बताएका छन् । आइतबार काठमाडौंमा इकोनोमी मिडिया सोसाइटी (इम्सन) ले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पोष्ट बजेट कार्यक्रम बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।

बजेटले नयाँ चरणको आर्थिक सुधार कार्याक्रम अगाडि बढाउने घोषणा गर्नु निकै सकारात्मक भएको उनको भनाइ छ । उनले अब छिट्टै आयोग गठन गरी यस्ता कामहरु अघि बढाउनुपर्ने उनले बताए । यस्तै, निजी क्षेत्रको मनोबल बढाउने उद्देश्य लिनु निकै राम्रो पक्ष भएको पनि उनले बताए । कार्यान्वयनमा ध्यान दिएकोखण्डमा बजेटले अर्थतन्त्र सुधारमा सहयोग गर्न उनको भनाइ थियो ।

कृषि, पर्यटन, सूचना प्रविधि लगायतलाई रुपान्तरणकारी परियोजनाको रुपमा लिएर कार्याक्रम ल्याइनु राम्रो भएको उनको भनाइ छ । विभिन्न नियमावलीमा समयानुकूल परिमार्जन गरिने बजेटले प्रतिवद्धता जनाएकोमा उनले खुशी व्यक्त गरे । यी कार्याक्रम कार्यान्वयन गर्ने तर्फ विशेष ध्यान दिनु पर्ने उनको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal