Skip to content
Prabhu

निजी क्षेत्रलाई प्राथमिकता नदिँदासम्म अर्थतन्त्रमा सुधार हुँदैन : अध्यक्ष ढकाल

nabil

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक विकासका लागि निजी क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । आइतबार काठमाडौंमा इकोनोमी मिडिया सोसाइटी (इम्सन) ले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पोष्ट बजेट कार्यक्रम बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

निजी क्षेत्र अर्थतन्त्रको इन्जिन भएकाले निजी क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने उनको भनाइ थियो । ‘निजी क्षेत्र अर्थनन्त्रको इन्जिन हो । यसलाई प्राथमिकतामा नराखेसम्म आर्थिक विकासको सम्भावना छैन,’ उनले भने । अहिलेको बजेटमा आएका कुराहरुले निजी क्षेत्रलाई सहयोग गर्ने किसिमको आएको भन्दै अहिलेको बजेट स्वागतयोग्य रहेको उनको भनाइ छ ।

निजी क्षेत्रले सबै जसो राजनीति दलहरुलाई एक ठाउँमा ल्याउनका लागि पनि निरन्तर दबाद दिइरहेको अध्यक्ष ढकालको भनाइ छ । उनले एउटा अर्थमन्त्रीले थप्ने र अर्कोले हटाउने कारणले पनि समस्या भएको उनले बताए । ‘एउटा बजेटले थप्ने र अर्कोले काट्ने काम भइरहेको छ । त्यसको मारमा निजी क्षेत्र परेको छ । यसलाई हटाउनु पर्ने आवश्यकता छ,’ उनले भने ।

सरकारले भुक्तानी गर्ने रकम भुक्तानी गर्न सकेको खण्डमा पनि अर्थतन्त्रलाई सहयोग गर्ने ढकालको भनाइ छ । यदि भुक्तानी समयमा भयो भने व्यवसायीहरुलाई निकै सहयोग पुग्ने उनले बताए । अहिलेको संकुचनमा रहेको अर्थतन्त्रलाई सुधार गर्नका लागि सबै पक्षको हातेमालो आवश्यक रहेको ढकालको टिप्पणी थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal