Skip to content
Prabhu

विकासको हुटहुटी बोकेकाे बजेट आएको छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको बजेटले विकासको हुटहुटी बोकेको बताउका छन् । आइतबार काठमाडौंमा इकोनोमी मिडिया सोसाइटी (इम्सन) ले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पोष्ट बजेट कार्यक्रम बोल्दै गर्भनर अधिकारीले यस्तो बताउका हुन् ।

बजेटमा विकासका लागि नयाँ क्षेत्रहरु खोजिएको भन्दै यसको कार्यान्वय गर्न सकेको खण्डमा विकास निर्माणमा सहज हुने उनको धारण थियो । अर्थमन्त्रालयले बजेट ल्याउदा इमान्दारीताका साथ काम गरेको उनको तर्क छ । ‘यो बजेटमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने कुरा आएको छ । सूचना प्रविधिका कुरा पनि बजेटमा अटाएका छन् । त्यस्तै ६० प्रतिशत भन्दा बढीको संलग्न रहेको कृषिमा पनि प्राथमिकता परेको छ,’ उनले भने ।

खर्चको सुरुवात समयमा नै भयो भने आर्थिक वृद्धिका लागि सहज हुने उनको भनाइ छ । सार्वजनिक वित्तमा देखिएको समस्यालाई समाधान गर्नका लागि सबैको हातेमालो आवश्यक रहेको गभर्नर अधिकारीको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal