Skip to content
Prabhu

केपी ओलीले गिरीबन्दु जग्गा प्रकरणको १० हजार करोडको काण्ड लुकाउन खोजेः मेयर बालेन

 

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गर्न खोजेको आरोपल लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर शाहले केपीले १० हजार करोडको काण्ड लुकाउन खोजेको आरोप लगाएका हुन् ।

मेयर शाहले झापाको गिरीबन्धु टी–स्टेटको जग्गामा बैना लिनेहरूलाई दुई वर्षधित्र गिरीबन्धुकै जग्गा दिलाउने भनेर थुमथुम्याएको समेत दाबी गरेका छन् । उनले कोही नयाँ आएर फाइल पल्टाउला र जेल जानु पर्ला भन्दै १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

मेयर शाहले गिरीबन्धु प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै पीडितको बैना फिर्ता गर्न समेत चेतावनी दिएका छन् । त्यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाण्डौं महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन थालेको भन्दै कटाक्ष गरेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal