Skip to content
Prabhu

बालेनले भत्काएको न्युरोडको सडक महासेठले बनाए

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ १२ गते सडकको धुलो सडक विभाग र डिभिजन सडक कार्यालय मीनभवन अघि ल्याएर फाल्यो । त्यसको ४ दिनपछि १६ जेठमा महानगरलाई पत्र काट्दै सडक डिभिजन कार्यालयले २ दिनभित्र काटेको कालोपत्रे सडक जस्ताकै जस्तै बनाउन भन्यो ।

त्यसपछि काठमाडौं महानगरपालिका र सडक विभागबीच केही दिन नोंकझोंक नै चल्यो । त्यतिबेला बालेनले चक्रपथको प्रसंग जोडेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई प्रश्नसमेत उठाए । यो अवस्था सिर्जना हुनुको कारण थियो न्युरोडको फुटपाथ क्षेत्र विस्तार । जेठ १२ गते महानगरपालिकाले इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने सडकको कालोपत्रे काटेको थियो ।

महानगरपालिकाले विभागले दिएको सयमसम्म पनि सडक कालोपत्र नगरे पछि अहिले डिभिजन सडक कार्यालय काठमाडौं आफैले कालोपत्र गर्न थालेको छ । डिभिजन सडक कार्यालयले सोमबार बिहानै देखि सडक पीचको काम गरिरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal