Skip to content
Prabhu

सौराहालाई हनिमुन सिटी बनाऔंः धनराज गुरुङ

 

काठमाडौ । नेपाली कांग्रेसका उप सभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङले चितवनको सौराहालाई हनिमुन सिटी बनाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन् ।

उनले नवविवाहित जोडीहरु घुम्न जाने शहरको रुपमा हनिमुन सिटी बनाउनुपर्नेे बताए । त्यस्तै, रारा तालमा १ हजार जोडी अट्ने हनिमुनसिप बनाउनुपर्ने पनि उनको भनाइ छ । उनले रारालाई पनि हनिमुन मनाउन जाने ठाउँको रुपमा विकास गर्नुपर्ने बताए । यसो गरेमा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने सांसद गुरुङको भनाइ छ । उनले आगामी दिनमा डाँडामा भ्युटावर बनाउनु नहुने पनि बताए ।

‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो । अब एउटा हनिमुन हब्स भएन । हनिमुन सिटी भएन । हनिमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ? चितवनको सौराहामै हनिमुन सिटी बनाइदिऊँ । विवाहित जोडीहरु त्यहाँ जान्छन् । नव दुलाहा, दुलही त्यहाँ जान्छन् । हात्ती चढ्छन् । घुम्छन् । त्यसैले हनिमुन सिटी । रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुनसिप बनाइदिऊँ । १ हजार जोडी अट्ने सिप बनाइदिऊँ। यसरी पर्यटन प्रवद्र्धन गर्दै जानुपर्छ,’ उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal